१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै

१७ जेठ ,काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा आज नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे डलासस्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा सुरु हुने छ ।

पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले स्तब्ध भएको थियो । आज घरेलु टोलीलाई पराजित गर्दै आधिकारिकरुपमा नेपाली टोली विश्वकपका लागि तयार हुने लक्ष्यमा रहेको छ ।

आइसीसीको टी–२० वरियतामा नेपाल १७ औं तथा अमेरिका १९ औं स्थानमा रहेको टिम हो । क्यानडाविरुद्धको खेल गुमाएका दीपेन्द्रसिंह ऐरी आज अमेरिकाविरुद्ध खेल्ने छन् । विश्वकपकै अभ्यासका क्रममा वेस्टइन्डिजमा दीपेन्द्र घाइते भएकाले क्यानडाविरुद्धको खेल गुमाएका थिए । तर, उनी प्रशिक्षणमा फर्किएकोले आजको खेलमा खेल्ने सम्भावना अत्याधिक रहेको छ । विश्वकपमा नेपालले जुन ४ तारिखमा नेदरल्याण्डसँग खेल्दै प्रतियोगितामा सुरुआत गर्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected