२९ फाल्गुन २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

हार्वेविरुद्ध थप दुई महिलाले दिए यौन उत्पीडनको उजुरी

१७ जेठ , काठमाडौं । हलिउडका प्रख्यात निर्माता हार्वे विनस्टीन प्रायः निजी कारणले चर्चामा आउँछन् । पछिल्लो दशकमा हलिउडमा गर्माएको ‘मी टू अभियान’को मुख्य शिकार यिनै निर्माता बनेका छन् ।

उनीमाथि ८० भन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । उनीमाथि हालै मेनहटनको अदालतमा थप दुई महिलाले यौन उत्पीडनको मुद्धा दायर भएका छन् ।

हार्वे वर्तमान समयमा यौन उत्पीडनको मामलामा जेल सजाय बिताइरहेका छन् । मेनहटनका सहायक जिल्ला अटर्नी निकोल ब्लमबर्गले अदालतका एक न्यायाधीशलाई नयाँ पीडितको दावीको मूल्यांकन गरिरहेको बताएका छन् । निकोलले हार्वेमाथि अर्को नयाँ अभियोग लाग्ने सक्ने सम्भावना बढेको जनाएका छन् ।

हार्वे बिहीबार मेनहट्टन कोर्ट हाउसमा उपस्थित थिए । यो त्यही कोर्ट हाउस हो, जहाँ गुप्त धनको मामलामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतको निर्णयको पर्खाइमा छन् ।

हार्वेमाथि दुई महिलाहरु मिमी हेली र जेसिका मानले बलात्कारको आरोप लगाएका थिए । जसकारण उनलाई फस्ट डिग्री यौन उत्पीडन र थर्ड डिग्री बलात्कारमा दोषी ठहराइएको थियो । अब नयाँ मामलाको सुनुवाई यही कोर्टमा हुनेछ ।

हार्वे मी टू अभियानपछि चर्चामा छन् । उनी सन् २०२२ मा यौन उत्पीडनको मामलामा दोषी ठहरिएका थिए र उनलाई न्यायाधिसले १६ वर्षको जेल सजाय सुनाएका थिए । यद्यपि हार्वेका वकिलले सजाय घटाउन माग गरेका थिए ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण