२४ पुष २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

युरो २०२४ का लागि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा

 

१६ जेठ, काठमाडौं। आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक रोनाल्ड कोमनले यसअघि घोषणा गरेको ३० सदस्यीय प्रारम्भिक टोलीबाट २६ सदस्यीय अन्तिम टोली बुधबार घोषणा गरेका हुन् ।

भर्जिल भान डाइकको कप्तानीमा रहेको डच टोलीमा डाले ब्लाइन्ड, जर्जिनिओ विजनाल्डम, फ्रेन्की डे जोङ, मेम्फिस डिपाए लगायत खेलाडी छन् ।

प्रारम्भिक टोलीमा रहेका मिडफिल्डर मार्टेन डे रुमले चोटका कारण यसअघि नै नाम फिर्ता लिएका थिए । यस्तै गोलकिपर निक ओलिज, डिफेण्डर इयान माटेसेन र मिडफिल्डर क्विन्टेन टिम्बर पनि अन्तिम टोलीमा अटाउन सकेनन् ।

यसपटक युरो २०२४ मा सहभागी टिमले २६ जना खेलाडी टिममा राख्न पाउने प्रावधान रहेको हरेक टोलीले अन्तिम टोलीमा २६ खेलाडी राख्न सक्नेछन् ।

समूह डी मा रहेको नेदरल्याण्ड्सले १६ जुनमा पोल्याण्डसँग पहिलो खेल खेल्नेछ ।

नेदरल्याण्ड्सको अन्तिम २६ खेलाडी

गोलकिपर : जस्टिन बिज्लो (फेयनुर्ड), मार्क फ्लेकेन (ब्रेन्टफोर्ड), बार्ट भरब्रुगेन (ब्राइटन एन्ड होभ एल्बियन)

डिफेन्डर : नाथन एके (म्यानचेस्टर सिटी), डाले ब्लाइन्ड (गिरोना), भर्जिल भान डाइक (लिभरपुल), डेन्जेल डम्फ्रिज (इन्टर मिलान), जेरेमी फ्रिमपोङ (बायर लेभरकुसेन), लुत्सारेल गेर्टुइडा (फेयनुर्ड), माथिस डे लिग्ट (बायर्न म्युनिख), मिकी भान डे भेन (टोटेनहम), स्टेफान डे भ्रिज (इन्टर मिलान)

मिडफिल्डर : रायन ग्रेभेनबेर्च (लिभरपुल), फ्रेन्की डे जोङ (बार्सिलोना), ट्युन कूपमाइनर्स (एटलान्टा), तिज्जानी रेइजन्डर्स (एसी मिलान), जेर्डी शाउटेन (पीएसभी आइन्डहोभन), जाभी सिमोन्स (आरबी लाइपजिग), जोए वीरम्यान (पीएसभी आइन्डहोभन), जर्जिनियो विजनाल्डम (अल-एत्तिफाक)

फरवार्डहरू : स्टीभन बर्गविन (एज्याक्स), ब्रायन ब्रोबे (आजाक्स), मेम्फिस डिपाए (एट्लेटिको मड्रिड), कोडी गाक्पो (लिभरपुल), डोनयल मालेन (बोरुसिया डर्टमन्ड), वाउट वेघोर्स्ट (होफेनहेम, बर्नलीबाट लोनमा)

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected