१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद समाज

आज छैठौं राष्ट्रिय महिला अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

१६ जेठ , काठमाडौं । आज छैठौँ राष्ट्रिय महिला अधिकार दिवस । ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

वि.सं. २०६३ साल जेठ १६ गते तत्कालिन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चार वटा विशेष प्रस्तावहरु पारित भएको दिनको स्मरण गर्दै वर्षेनि जेठ १६ गते यो दिवस मनाउने गरिएको छ । दिवसको सन्दर्भमा बुधबार राष्ट्रिय महिला आयोग, महिला तथा बालबालिका मन्त्रालय र अन्य विभिन्न महिला अधिकारवादी संघसंस्थाहरूको आयोजनामा विभिन्न कार्यक्रम हुँदैछन् । दिवसकै सन्दर्भ पारेर बुधबारदेखि नेकपा एमालेले काठमाडौंमा महिला भेला आयोजना गरेको छ ।

दिवसको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले महिला अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप उर्जा प्रदान गर्ने बताएका छन् ।

‘महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा लगाई आत्मनिर्भर बनाउन स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न एवं निर्णय प्रकियामा सहभागिता अभिवृद्धि गर्न तथा आर्थिक सशक्तीकरणका माध्यमबाट महिलाको आर्थिक समृद्धि प्राप्त गर्न सरकारका नीति तथा कार्यक्रम अगाडि बढिरहेका छन्,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँचलगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन राज्यको सहयोगको साथसाथै हामी सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको छ ।’

राष्ट्रपति पौडेलले विभिन्न नीतिगत र कार्यगत प्रयासहरू हुँदाहुँदै पनि महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि परिरहेका बताएका छन् । ‘कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक स्थान तथा घर समाजमा नै महिलाहरू पूर्ण रूपमा सुरक्षित नभई महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरू हुनु आफैमा अत्यन्त दुखद् कुरा हो । यस्ता क्रियाकलापहरूको निराकरणको निम्ति राज्यका सम्पूर्ण संयन्त्रहरूले यस विषयलाई मुख्य प्राथमिकताका साथ लिनु पर्दछ भन्ने लाग्दछ,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected