१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाज

यस्ता छन् टी–२० विश्वकपका ६ नयाँ रोचक पक्षहरु

१५ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदै छ । जुन १ तारिखदेखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित २० देशले भाग लिँदै छन् । नेपाल समूह डीमा परेको छ । नेपालले समूह चरणमा रहेका नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ ।

 

टी–२० विश्वकपमा ६ नयाँ अपडेट के छन् त ?

 

१. दुई अलग क्रिकेट बोर्डको आयोजना

आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदै छ । त्यसैलै यस पटकको विश्वकपमा आयोजक २ वटा क्रिकेट संघ रहेका छन् । आयोजकको रुपमा वेस्टइन्डिज र अमेरिका क्रिकेट संघ रहेका छन् । टी २० विश्वकपमा यो नवौं संस्करण हो । यसअघि भएका आठौं संस्करणसम्म एउटा बोर्डले मात्रै विश्वकप आयोजना गरेको थियो ।

 

२. अमेरिकामा विश्वकप

अमेरिकाले आईसीसीको प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो । अमेरिकाले सन् २०२८ मा हुने ओलम्पिकको आयोजना पनि गर्दैछ । उक्त ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिएको छ । अमेरिका टी–२० विश्वकप आयोजना गर्ने दोस्रो एसोसिएट सदस्य राष्ट्र बन्नेछ । एसोसिएट भन्नाले आइसीसीले टेस्ट क्रिकेट खेल्ने हैसियत नदिएकोलाई बुझाउँछ । अमेरिका भन्दा पहिले २०२१ को टी–२० विश्वकप एसोसिएट देश युएईमा खेलाइएको थियो । यद्यपि उक्त प्रतियोगिता भारतले आयोजना गरेको थियो । यसअघि एसोसिएट सदस्यहरूले च्याम्पियन्स ट्रफी र एकदिवसीय विश्वकप आयोजना गरिसकेका छन् । सन् १९९८ मा च्याम्पियन्स ट्रफी एसोसिएट राष्ट्र बंगलादेशले आयोजना गरेको थियो भने सन् १९९९ मा एकदिवसीय विश्वकप स्कटल्याण्ड, आयरल्याण्ड, वेल्स र नेदरल्यान्ड्सले इंग्ल्याण्डसँगै आयोजना गरेका थिए ।

 

३. पहिलो पटक २० टिम

टी–२० विश्वकपमा पहिलो पटक २० टोलीको सहभागिता रहनेछ । यस पटक २० टोलीलाई ५÷५ गरी ४ विभिन्न समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष २–२ टोलीले सुपर–८ चरणका २ समूहमा खेल्नेछन् । यहाँ दुवै समूहका शीर्ष २ टोलीबीच सेमिफाइनल खेल हुनेछ भने विजेता टोलीबीच जुन २९ मा बार्बाडोसमा फाइनल खेल हुनेछ । २० मध्ये ८ टिम आइसीसीको वरियतामा शीर्ष ८ मा परेर सिधैं विश्वकपका लागि छनोट भएका हुुन् । यसैगरी अमेरिका र वेस्टइन्डिज आयोजक राष्ट्रको हैसियतमा विश्वकप खेल्दै छन् । २ टिम पनि वरियताकै आधारमा छनोट हुँदा बाँकी ८ टोलीले क्षेत्रीय छनोट जितेर प्रतियोगितामा स्थान बनाएका छन् । नेपालले पनि छनोट चरण पार गरेर टी २० विश्वकपमा स्थान बनाएको हो । यस्तै, अमेरिका, क्यानडा र युगान्डाले टी–२० विश्वकपमा डेब्यु गर्दैछन ।  यी तीन देशको पहिलो टी–२० विश्वकप हो ।

 

४.पहिलो पटक विदेशमा बनेको पिच

न्यूयोर्कको नासाउ काउन्टी स्टेडियममा ड्रप–इन पिच प्रयोग भइरहेको छ । ड्रप–इन पिचहरू मैदान बाहिर बनाइन्छ र त्यसपछि स्टेडियममा स्थापना गरिन्छ । नासाउ स्टेडियमको पिच अस्ट्रेलियामा बनाइएको थियो । यस वर्षको जनवरीमा अमेरिकाको फ्लोरिडामा १० वटा पिच समुन्द्री मार्गबाट लगिएको थियो । जहाँ ५ महिनाको तयारीपछि मेमा नै नासाउ रंगशालामा फिट गरिएको थियो । १० मध्ये ६ पिच अभ्यासका लागि छन् भने ८ खेल ४ वटा पिचमा हुनेछन् । पहिलो पटक विश्वकपमा अर्को देशमा बनेको पिच प्रयोग हुन लागेको हो ।

 

५. मोड्युलर स्टेडियम

 

न्यूयोर्कमा डिसेम्बर २०२३ सम्म अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला थिएन । यहाँ ६ महिनामा मोड्युलर रंगशाला निर्माण गरिएको हो । यसको पिच अष्ट्रेलियाबाट लगिएको थियो भने स्ट्यान्ड फर्मुला–१ प्रतियोगिताबाट ल्याइएको थियो । यो रंगशालामा ३४ हजार दर्शक बस्न सक्नेछन् । विश्वकपमा पहिलो पटक मोड्युलर स्टेडियम प्रयोग गरिने भएको छ । यहाँ भारत–पाकिस्तानबीचका खेलसहित समूह चरणका ८ खेल हुनेछन् । प्रतियोगिता पछि यसलाई पार्कमा परिणत गरिनेछ ।

 

६. स्टप क्लकको प्रयोग

 

आइसीसीले पहिलो पटक प्रतियोगितामा ‘स्टप क्लक’ नियम प्रयोग गर्दै छ । बलिङ टोलीले २ ओभरको बीचमा ६० सेकेण्ड मात्र पाउनेछ । ओभर सकिएपछि तेस्रो अम्पायरले मैदानमा जडान गरिएको टिभी स्क्रिनमा टाइमर सुरु गर्नेछन् । ६० सेकेन्डपछि अर्को ओभर सुरु भएमा फिल्ड अम्पायरले फिल्डिङ टिमका कप्तानलाई दुई पटक चेतावनी दिनेछन् । एक इनिङ्समा तीन पटक अर्को ओभर बल गर्न ६० सेकेन्डभन्दा बढी समय लागेमा ५ रनको पेनाल्टी लाग्नेछ । ५ रन ब्याटिङ टिमको स्कोरमा थपिनेछ  । बलिङ टोलीलाई इनिङ्समा प्रत्येक तेस्रो गल्तीको लागि दण्डित गरिनेछ । समय व्यवस्थापन गर्न यस नियमको ट्रायल गत वर्षको डिसेम्बरमा सुरु गरिएको थियो । जसलाई अहिले स्थायी बनाइएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected