१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

वडा अध्यक्ष कप फुटबलमा फ्रिडम ब्रदर्शलाई उपाधि

१६ जेठ , काठमाडौं । फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ ले तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

चावहिल खेल मैदानमा भएको फाइनलमा फ्रिडम ‘ए’ ले चावहिल स्पोर्ट्स क्लब ‘बी’ लाई १–० को झिनो गोलअन्तरले पराजित ग¥यो । विश्वलाल श्रेष्ठले निर्णायक गोल गरे । उपाधिसंगै फ्रिडम ‘ए’ ले १ लाख नगद पुरस्कार पायो । उपविजेता चावहिल ‘बी’ ले ५० हजार नगद पुरस्कार हात पा¥यो ।

काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित प्रतियोगितामा चावहिल ‘बी’ का दीपक लामा प्रतियोगिताकै सर्वोत्कृट खेलाडी घोषित भए । चावहिल ‘बी’ का पञ्चनारायण महर्जन उत्कृष्ट गोलरक्षक, फ्रिडम ‘ए’ का राजकुमार घिसिङ उत्कृष्ट स्ट्राइकर र फ्रिडम ‘ए’ कै विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

वजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १० गतेदेखि सुरु भएको प्रतियोगितामा २० पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन् ।

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected