१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाज

 तरुण दलको मसाल जुलुसमा लाठीचार्ज: केन्द्रीय सदस्य योगेश श्रेष्ठ घाइते 

१५ जेठ , काठमाडौ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका नेपाल तरुण दलका नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

लाठीचार्जबाट तरुण दलका केन्द्रीय सदस्य योगेश श्रेष्ठसहितका नेताहरू सामान्य घाइते भएका छन् ।

सोमबार साँझ काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस क्षेत्रमा तरुण दल नेता कार्यकर्ताहरूले मसाल जुलुस निकाल्दा प्रहरीले लाठीचार्ज गरेको हो ।

जुलुस प्रदर्शनमा केन्द्रीय सदस्यहरू दिनेश राई र प्रेम शाहीले सम्बोधन गर्दै गृहमन्त्री लामिछानेको निर्देशनमा प्रहरीबाट शान्तिपूर्ण प्रदर्शनमाथि दमन भएको बताएका थिए ।

तरुण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेकाे थियाे ।

केही दिनदेखि तरुण दलले सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्