Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

खानेपानी क्षेत्रमा २ अर्ब घट्यो बजेट, अधिकांश पुराना कार्यक्रम

रातो कागज
1 वर्ष अघि

१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट खानेपानी तथा सरफाई क्षेत्रमा विनियोजन रकम घटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवको लागि २६ अर्ब ६३ करोड बजेट घोषणा गरेका हुन् । चालु आर्थिक वर्षमा खानेपानी र सरसफाइ क्षेत्रलाई २८ अर्ब १६ करोड रहेको थियो ।

पुनले ४ लाख ४५ हजार जनता थप खानेपानीबाट लाभान्वित हुने उनले घोषणा गरेका छन् ।

अधिकांश पुराना कार्यक्रम

मन्त्री पुनले खानेपानी तथा सरसफाई क्षेत्रमा प्रस्तुत गरेका बजेटमा अधिकांश पुराना कार्यक्रमहरु रहेका छन् । सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्ने, ‘एक घर एक धारा’ को लक्ष्य प्राप्त गर्ने गरी खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिने, दिसाजन्य लेदो प्रशोधन गर्ने, फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण गर्ने चालु आर्थिक वर्षमा घोषणा भएर प्रभावकारी कार्यान्वयन नभएका कार्यक्रमहरु हुन । यस्तै मेलम्चीको हेडवक्र्स सारिने पनि नयाँ कार्यक्रम होइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया