Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यसवर्षको बजेट ढाका र अल्लोले बनेको ब्रिफकेशमा

रातो कागज
1 वर्ष अघि

१५ जेठ, काठमाडौं । मंगलबार अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको संयुक्त बैठकमा पेश गर्दैछन् ।

अर्थमन्त्रीले बजेट वक्तव्य ब्रिफकेशबाट झिकेर पढ्ने चलन छ । यसपटक उनले बजेटको ब्रिफकेश परिवर्तन गरेका छन् ।

यसअघिका अर्थमन्त्रीले कालो वा खैरो रङको बजेट ब्रिफकेश बोक्ने गरेका थिए । यसपटक अर्थमन्त्री पुनले अल्लो र ढाकाको कपडाबाट बनेको ब्रिफकेश बोकेका छन् ।

ढाका र अल्लो दुबै नेपालमा उत्पादन हुने कपडा हुन् । अर्थमन्त्री निर्वाचित भएको क्षेत्र रोल्पा क्षेत्र अल्लोका लागि प्रख्यात हो । त्यस्तै ढाकाका लागि पाल्पा जिल्ला प्रख्यात छ भने अन्य जिल्लामा पनि ढाका कपडा उत्पादन हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया