१७ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाज

धादिङमा बर्षाले बाटो अवरुद्ध , सवारी साधनको लामो लाइन

१५ जेठ, काठमाडौं । गएरातीको बर्षाले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।

गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नजिक लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको हो । त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी छ ।राति पानी परेपछि बाटो पूर्णरुपमा बन्द थियो । सामान्य मर्मत गरेर केहीबेर एकतर्फी बाटो खुलाए पनि फेरि बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र कुमार मिश्रले सो क्षेत्रमा बाटो खुल्ने र बन्द हुने क्रम जारी रहेकाले सवारी साधन सहज रुपमा सञ्चालन हुन नसकेको बताए । ‘अहिले पनि बाटो डिस्टर्ब नै छ,’उनले भने बाटो खुलाउने प्रयासमा गजुरी प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा ट्राफिक प्रहरीसमेत खटिएको छ । तर बाटो सहज नहुँदा यात्रुहरु मर्कामा परेका छन् ।

प्रहरीले स्थानीय एफएमहरुबाट बाटो बन्द भएको सूचनासमेत प्रवाह गर्दै आएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व