२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’ : राजेन्द्र लिङ्देन

१५ जेठ , काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छानबिन हुनै हुन्न भनेको नभएर पक्राउ गर्ने तरिका मात्र गलत भएको प्रष्टिकरण दिएका छन् ।

पार्टी केन्द्रीय समितिको निर्णय सोमबार सार्वजनिक गर्दै उनले सिरोहियालाई पक्राउ गर्न राज्यसत्ताको दुरुपयोग हुनु उचित नभएको भन्दै कानुन सबैलाई बराबर हुनुपर्ने बताए ।
‘कैलाश सिरोहियालाई जुन समयमा, जुन ढंगबाट पक्राउ गरियो त्यो ठिक भएन भन्ने हाम्रो धारणा छ । एउटा व्यक्तिलाई पुर्जी काटेर बोलाउँदा पनि हुन्थ्यो तथा थोरै प्रहरी पठाएर लाँदा पनि हुन्थ्यो भनेको हो ।

तर, जुन आतंक सिर्जना गरियो त्यो उचित छैन मात्र भनेका हौं,’ उनले भने, ‘हामीले सिरोहियामाथि छानबिन हुनुहुन्न भनेका छैनौं । सिरोहियाले गल्ती गरेका छैनन् भनेका छैनौं । त्यो त अब न्यायिक निरूपणको विषय भइसक्यो । त्यो न्यायिक निरूपण हुने नै छ । तर, राज्यसत्ताको त्यसप्रकारको दुरुपयोग चाहिँ उचित हुन्न, कानुन सबैलाई बराबर लाग्नुपर्छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।