२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

आज यी प्रदेशमा पर्न सक्छ चट्याङ र हावाहुरीसहितको वर्षा

१५ जेठ , काठमाडौं । आज काठमाडौं उपत्यकासहित बागमती प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ । जसकारण कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा  आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रहेको विभागले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व