१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकामा आँधीका कारण १८ को मृत्यु : लाखौँ प्रभावित

१४ जेठ , काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखाँैले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको सिएनएनले जनाएको छ ।

मुख्यतया मध्य–मिसिसिपी, ओहायो र टेनेसी उपत्यकाजस्ता अमेरिकाको फराकिलो क्षेत्रहरूमा आइतबार करिब १० करोड ९० लाखभन्दा बढी व्यक्ति असिना, दूषित र तेजयुक्त हावा र भयानक आँधीको खतराको सामना गर्नु परेको थियो ।

आँधी पूर्वानुमान केन्द्रले आँधीबेहरी पूर्वतिर सर्दै जाँदा खराब मौसमी प्रभावले व्यापक क्षति पुर्‍याउने चेतावनी दिएको छ ।

केन्द्रले अर्कान्सास, इलिनोइस, केन्टकी, मिसौरी र टेनेसीका भागहरू समेट्छ । सेन्ट लुइस र जेफरसन सिटी, मिसौरी, पादुका, केन्टकी, कार्बोन्डेल, इलिनोइसका चार लाख ७० हजार मानिसलाई प्रभावित गर्ने जनाएको छ ।

आइतवार, कम्तिमा ११ वटा आँधीबेहरी आएको बताइएको छ भने ‘मेमोरियल डे’मा मौसम अझ गम्भीर हुने अनुमान गरिएको छ ।

सोमबार १२ करोडभन्दा बढी मानिसहरू गम्भीर मौसमको जोखिमबीच न्यू इङ्गल्यान्डको दक्षिणको पूर्वी तटमा केन्द्रित छन् ।

यसबाहेक, आइतवार इन्डियाना, इलिनोइस र केन्टकी हुँदै आएको आँधीबेहरीले पूर्वतिर सर्दै निरन्तर खतरा उत्पन्न गरिरहेको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण