२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

सदनमा युवा वर्गको सहभागिता बढ्नु नै गणतन्त्रको अर्को उपलब्धी हो–झाँक्री

१३ जेठ, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एकिकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले गणतन्त्र आएपछि समाजका धेरै पक्षमा सुधार आएको बताएकी छन् । आईतबार राजधानीमा परिवर्तन अभियान नेपालले आयोजना गरेको ‘सङ्घीय गणतन्त्रामक शासन व्यवस्था, विगत र वर्तमानको समीक्षाः आगामी कार्यभार विषयक’ संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
नेत्री झाँक्रीले गणतन्त्रलाई  पूर्णरुपमा संस्थागत गर्न आवश्यक रहेकोमा जोड दिए । “गणतन्त्रकै कारण आज मुलुकमा परिवर्तन आएको छ, विगतले फर्केर हेर्ने हो भने हिजोभन्दा आज समाज परिवर्तनशील बन्दै गइरहेको अवस्था छ”, उनले भने, “संविधानले व्यवस्था गरेको मौलिकहक र राज्यले निर्दिष्ट गरेका सिद्धान्त गणतन्त्रका उपलब्धि हुन्, यिनिहरुको प्रभावकारी कार्यन्वयनमा हामी सबै लाग्नुपर्छ ।”
उनले राजनीतिक अस्थिरताको आरोप लगाउँदै विदेशिने युवालाई मुलुकमा नै परिवर्तन आइसकेको भन्दै स्वदेशमै अवसर खोज्नुपर्ने सुझाव दिए । राजनीतिमा आएको परिवर्तनका कारण सदनमा युवा वर्गको सहभागिता बढ्नु नै अर्को गणतन्त्रको उपलब्धी रहेको झाँक्रीले प्रष्ट पारिन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।