२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

देउवालाई भेट्न बुढानिलकष्ठ पुगे दाहाल

१३ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ ।

आइताबार देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने विषयमा देउवासँग दुइपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच टीओआर टुंगो लगाएर संसदमा जारी गतिरोध अन्त्य गर्न निरन्तर कार्यदलका सदस्यले छलफल गर्दै आइरहेपनि गाँठो फुकाउन कांग्रेस तयार भएको थिएन । यता सत्तापक्षले पनि गृहमन्त्रीको नामै किटान गरी समिति गठन गर्ने कांग्रेसको बटमलाइनमा सहमत नभएपछि टीओआर टुंगो लगाउने जिम्मा कार्यदले शीर्ष नेताहरुलाई छाडेको छ ।

शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबिच भएको छलफल कार्यादेशमा सहमति जुट्न नसक्दा आइतबार बिहान ९ बजे बैठक बस्ने गरि हिजोको बैठक सकिएको थियो । तर, शीर्ष नेताहरुबीचको बैठक बस्नुअघि नै दाहाल देउवालाई फकाउन बुढानिलकष्ठ पुगेका छन् ।

आज संसद् बैठक अघि  शीर्ष नेताहरुले सो विषयमा सहमती जुटाएर सदनबाट नीति कार्यक्रम पारित गर्ने तयारी सरकारको छ ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।