१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

ह्युस्टन हरिकेन्सविरुद्ध नेपाललाई २७ रनको जित

१३ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । शनिवार भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको अमेरिकन टोली ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । यसैगरी इमरान खान जुनियर र लाहिरु मिलान्थाले समान १६ रन बनाए ।

नेपालका तीब्र गतिका बलर करण केसीले ३ विकेट लिए । सोमपाल कामी र अभिनाष बोहराले समान २–२ विकेट लिए । कप्तान रोहित पौडेल,सागर ढकालले १–१ विकेट लिए । प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । आसिफ शेख १, अनिल कुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा नट आउट रहे ।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले १–१ विकेट लिए ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । पहिलो खेलमा ह्युस्टनसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । अब नेपालले आइसीसीको वार्मअप म्याच खेल्ने छ । विश्वकप जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा सुरुहुने छ । नेपालले जुन ४ तारिखमा नेदरल्याण्डससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected