१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

आइसीसी टी–२० विश्वकप : एक खेल अगावै अमेरिकालाई सिरिजको उपाधि 

११ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जितेको हो ।

बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिकाले ६ रनको जित निकालेको हो ।

बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले टस जितेर अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएका थिए । टस हारेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । तर लक्ष्यको जवाफमा बंगलादेश १३८ रनमा अलआउट भई ६ रनले पराजित भयो । सिरिजको पहिलो खेल पनि ५ विकेटले जितेको अमेरिकाले लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।

पहिले ब्याटिङमा आएको आयोजक टोलीलाई ओपनरले राम्रो सुरुवात गराए । स्टिभन टेलर र कप्तान मोनांक पटेलले पहिलो विकेटका लागि ४४ रन जोडे । टेलरले ३१ रनको महत्वपूर्ण इनिङ खेले भने मोनांक पटेलले ४२ रनको महत्वपूर्ण योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका एन्ड्रिज गौस शून्य रनमा पभेलियन फर्किए भने अन्तिम खेलका नायक कोरी एन्डरसन ११ बनाउँदा हरमित सिंह भने खाता नखोली आउट भए । अमेरिकी टोलीलाई १४४ रनमा पु¥याउन आरोन जोन्सले ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको इनिङ खेले ।

बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले समान २–२ विकेट लिए ।

१४५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात निकै खराब रह्यो । ओपनर सौम्या सरकार पहिलो बलमै आउट भए भने तान्जिद हसन १९ रन बनाएर पभेलियन फर्किए । इनिङ्सको मध्यमा कप्तान शान्तोले ३६, तौहिद हरिदोयले २५ र शकिब अल हसनले ३० रन बनाए पनि त्यसपछि लगातार विकेट पतन हुँदा पुरै टोली १३८ रनमा समेटिएको भयो ।

अमेरिकाका लागि अली खानले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रवलकर र शाडले भानले २–२ विकेट लिए । जसदीप सिंह र कोरी एन्डरसनले पनि १–१ सफलता हात पारे ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected