२९ मंसिर २०८२, सोमबार
प्रवास मुख्‍य समाचार समाचार

पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

१० जेठ, पोर्चुगल । इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुराँअन्तर्गत सापकोटाले सञ्चालन गरेको उक्त रेष्टुराँ उत्कृष्ट १२औँ मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको हो । स्पेनको राजधानी म्याड्रिडमा फिफ्टी टप पिज्जाले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

युरोपमा प्रत्येक वर्ष प्रदान गरिने अवार्डअन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १२औँ पिज्जेरिया’ र विश्वभरका नापोलितान पिज्जामध्ये ‘विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जेरिया’ मा पर्न सफल भई आफ्नो रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको रेष्टुराँका सञ्चालक सापकोटाले जानकारी दिएका छन् ।

“एउटा नेपालीले सञ्चालन गरेको रेष्टुराँले विदेशीसँगको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्दै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दा अत्यन्तै खुसी र गौरवान्वित भएको महसुस गरेको छु, यो सफलताले नेपाल र नेपालीको गौरव बढाएको अनुभूति गरेको छु”, सापकोटाले रासससँग भए । परिवारको साथ, सहयोग र रेष्टुराँमा कार्यरत सबै कर्मचारीको कडा मेहनत र परिश्रमले यो सफलता प्राप्त भएको सापकोटाले बताए ।

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को)ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ । त्यसमा सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ । जुन रेष्टुराँमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ ।

करिब २७ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन् । सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याउनुभएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरका थिए ।

उनी इटालियन खानामा प्रदर्शन गरेको कला, कौशल र प्रतिभाकै कारण दर्जनौँ पुरस्कारसमेत प्राप्त गर्न सफल भएका थिए । उनी सन् २०१६ मा पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी घोषित भएको थियो । सापकोटाको रेष्टुराँ सन् २०२३ मा समेत उत्कृष्ट १६औँ मा पर्न सफल भई ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट अवार्ड’ बाट पुरस्कृत भएको थियो ।

सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकालार्ई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खानासमेत खुवाएका थिए ।

 

 

 

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected