१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

बेंग्लुरु प्रतियोगिताबाट बाहिरियो, राजस्थान रोयल्स ४ विकेटले विजयी

१० जेठ , काठमाडौं । इन्डियन प्रिमियिर लिग आइपीएको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)लाई ४ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले क्वालिफायर २ का लागि स्थान पक्का गर्न सफल हुँदा बेंग्लुरु भने प्रतियोगिताबाट बाहिर भएको छ ।

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले क्वालीफायर २ मा सनराइजर्स हैदरावादसँग खेल्ने छ । उक्त खेलमा विजयी हुने टिमले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

बुधवार राति नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा आरसीबीले १ सय ७२ रन बनाएको थियो । विराट कोहलीले ३३ रन बनाए भने अन्तिम ओभरमा महिपाल लोमरले १७ बलमा ३२ रन बनाएर बैंगलोरलाई यो स्कोरमा पुर्याए । लक्ष्य पछ्याउने क्रममा राजस्थानको टोलीले स्थिर सुरुवात गरे पनि मध्य ओभरमा रनरेटको नबढ्दा दुवै टिमको समान अवस्था थियो । रायन पराग, शिमरोन हेटमायर र रोभम्यान पावेलको महत्वपूर्ण इनिङ्सले राजस्थान रोयल्सको रनरेटलाई गति दियो ।

१७३ रनको लक्ष्य पछ्याउँदा राजस्थान रोयल्सका ओपनरले ५ ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएका थिए । तर छैठौं ओभरमा टम कोहलर क्याडमोर १५ बलमा २० रन बनाएर आउट भए । स्वप्निल सिंहले एक ओभरमा १७ रन बनाए पनि त्यसपछि आरसीबीका बलरहरूले रनरेटलाई धेरै हदसम्म नियन्त्रणमा लिएका थिए । ११ औं ओभरको पहिलो बलमा कर्ण शर्माले कप्तान सञ्जु सामसनलाई स्टम्पिङ गर्दै राजस्थानलाई ठूलो झटका दिए । सामसनले १३ बलमा १७ रन बनाए । १४ औं ओभरमा विराट कोहलीका कारण ध्रुव जुरेल रनआउट भए । १५ ओभरसम्म राजस्थानले ४ विकेट गुमाएर १२६ रन बनाएको थियो । जितका लागि ५ ओभरमा ४७ रन बनाउन बाँकी थियो । अर्को २ ओभरमा २८ रन बनेका कारण आरआरलाई ३ ओभरमा १९ रन मात्रै आवश्यक थियो ।

१८ औं ओभरको अन्तिम बलमा सिमरोन हेटमायर २६ रन बनाएर आउट भए । रोभम्यान पावेलले लोकी फर्गुसनको ओभरमा १४ रन बनाएर ६ बल बाँकी रहँदै ४ विकेटले राजस्थानले जित सुनिश्चित गरेको थियो । आरसीबीका मोहमद सिराजले २ विकेट लिए ।

पहिला ब्याटिङ गर्दा बेंग्लुरुका लागि रजत पटिदारले सर्वाधिक ३४ रन बनाउँदा कोहलीले ३३ रन जोडे । यसैगरी क्यामनर ग्रीनको ब्याटबाट २७ रन बन्दा कप्तान फाफ डु प्लेसिस १७ रनको पारि खेलेर विदा भए । दिनेश कार्तिकले ११ रन जोडे ।

राजस्थानका लागि आभेस खानले तीन तथा रविचन्द्र आश्विनले दुई विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected