१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित

९ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । अमेरिकाको जितको नायक २०१२ को अन्डर नाइनटीन विश्वकप जित्ने भारतीय टोलीका सदस्य हरमित सिंह रहे । उनले १३ बलमा नटआउट ३३ रनको पारि खेल्दै प्लेयर अफ दी म्याच पनि बनेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यस अवधिमा टोलीका लागि सर्वाधिक रन तौहिद हृदयको ब्याटबाट आएको थियो । उनले ४७ बलमा चार चौका र दुई छक्काको मद्दतले ५८ रन बनाएका थिए । अनुभवी महमुदुल्लाहले २२ बलमा ३१ रनको योगदान दिए । तर, लिटन दास (१४), सौम्य सरकार (२०), कप्तान नजमुल हुसेन शान्तो (३) र शकिब अल हसन (६) ले ठूलो इनिङ खेल्न सकेनन् ।

जसका कारण टोलीले अपेक्षा अनुसार स्कोर गर्न सकेन । अमेरिकाका लागि स्टिभन टेलरले सर्वाधिक २ विकेट लिए । सौरभ नेत्रवलकर, अली खान र जेसी सिंहले एक–एक विकेट हात पारे ।

१५४ रनको लक्ष्य पछ्याएको अमेरिकालाई चौथो ओभरमा पहिलो झटका लागेको थियो । कप्तान मोनांक पटेल १२ रन बनाएर २७ रनमा आउट भए ।  एन्ड्रियास गौस १८ बलमा २३ रन बनाएर पभेलियन फर्किए भने स्टिभन टेलर २९ बलमा २८ रन बनाएर फर्किए । थप दुई विकेट खसेपछि स्कोर ९४÷५ मा पुग्यो ।

बंगलादेशको टोली पुनरागमन गर्न सफल देखिएको थियो ।  तर यहाँबाट हरमित सिंह र कोरी एन्डरसनले अन्तिम अन्तिमतिर २८ बलमा ६२ रनको नटआउट साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । एन्डरसनले २५ बलमा नटआउट ३४ रन बनाए भने हरमितले १३ बलको सामना गर्दै नटआउट ३३ रनको इनिङ्स खेले । उनको इनिङ्समा दुई चौका र तीन छक्का पनि सामेल थिए । बंगलादेशका मुस्तफिजुर रहमानले २ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected