१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाज

कोलकाता नाइट राइडर्स आइपीए क्रिकेटको फाइनलमा

९ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले फाइनलमा स्थान पक्का गरेको छ । शीर्ष स्थामा रहँदै मंगलबार राति पहिलो क्वालीफायर खेलेको कोलकाताले समूहचरणको जस्तै शानदाररुपमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको हो ।

हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो, जुन गलत साबित भयो । हैदराबादका दुवै ओपनर ट्राभिस हेड (०) र अभिषेक शर्मा (३) सस्तैमा आउट भएका थिए ।

यसै क्रममा नितिश कुमार रेड्डी (९) र शाहबाज अहमद (०) लाई एकै ओभरमा मिचेल स्टार्कले आउट गर्दै स्कोर ३९÷४ मा पुर्याए । समस्यामा परेको हैदरावादको टोलीलाई राहुल त्रिपाठीले हेनरिक क्लासेनसँग मिलेर इनिङ्स सम्हाले र पाँचौं विकेटका लागि ३७ बलमा ६२ रन जोडेर स्कोर १०० भन्दा माथि पुर्याए ।

तर, त्यहाँबाट फेरि विकेटको क्रम सुरु भयो । क्लासेन २१ बलमा ३२ रन बनाएर आउट भए । सोही क्रममा त्रिपाठीले अर्धशतक बनाए तर व्यक्तिगत ५५ रनको स्कोरमा रनआउट भए । कप्तान प्याट कमिन्सले २४ बलमा ३० रन बनाएर आफ्नो टोलीको स्कोर १५० भन्दा माथि पुर्याए । अन्तिम ओभरको ३ बल बाँकी हुँदा कमिन्सको विकेट गुमेपछि हैदरावाद १५९ रनमा रोकियो । कोलकाताका लागि मिचेल स्टार्कले सर्वाधिक तीन तथा वरुण चक्रवर्तीले दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा कोलकाताको टोलीलाई रहमानउल्लाह गुरबाजले सुनिल नारायणको साथमा ४४ रनको तीव्र सुरुवात दिलाए । यो साझेदारी टी नटराजनले तोडेका थिए । गुरबाज चौथो ओभरमा १४ बलमा २३ रन बनाएर आउट भएका थिए । नारायणको ब्याट भने मौन रह्यो र उनले १६ बलमा २१ रन मात्र बनाउन सके ।

त्यसपछि वेंकटेश अय्यर र कप्तान श्रेयस अय्यरले जिम्मेवारी सम्हाल्दै ४४ बलमा ९७ रनको नटआउट साझेदारी गर्दै १४ औं ओभरमा नै आफ्नो टोलीलाई सहज जित दिलाए । वेंकटेशले २८ बलमा ५१ रन बनाए । श्रेयसले २४ बलमा ५८ रनको नटआउट पारि खेले इनिङ खेले । सनराइजर्स हैदरावादका लागि नटराजन र प्याट कमिन्सले एक–एक विकेट लिए ।

हारको बावजुद सनराइजर्स हैदरावादको यात्रा अझै सकिएको छैन । यो टोली दोस्रो क्वालिफायरमा खेल्ने छ । जसमा हैदरावादले एलिमिनेटर खेल जित्ने टोलीसँग खेल्नेछ । एलिमिनेटर खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज अहमदाबादमा हुनेछ । यो खेल राति पौने ८ बजे सुरुहुने छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected