Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

रातो कागज
11 महिना अघि

९ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको थियो ।

त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको छ । मंगलबार खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको थियो ।

आज बेलायती पाउण्डको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबार खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसाले कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया