Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संसदमा कांग्रेस सांसदहरुको नाराबाजी

रातो कागज
12 महिना अघि

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएका थिए । तर सभामुखले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु वेलमा आएर नाराबाजी गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया