१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

पाराओलम्पिक छनोट खेल्न थाइल्याण्ड उडे थापा र भारती

७ जेठ , काठमाडौं । सन् २०२४ को अगष्ट र सेप्टेम्बरमा आयोजना हुने पेरिस पाराओलम्पिकका लागि  छनोट खेल खेल्नका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

सोमबार नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पाराओलम्पिक वल्र्ड क्वालिफिकेसन खेलका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

टेबल टेनिसका केशव थापाले ह्वीलचियर टेवल क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धा गर्दैछन् । उक्त खेलमा विश्व वरीयतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउँछन् ।

केशव थापा नेपालमा आयोजना भएको ह्वीलचियर टेवल टेनिसमा राष्ट्रिय च्याम्पियन बनिसकेका खेलाडी हुन ।

थापाले पारा एसियन गेम २०१८ इन्डोनेशिया, पारा एसियन गेम २०२२ हान्जाउ चाइनालगायत, ताइवान, जापान पोल्याण्ड, थाइल्याण्ड तथा बगंलादेशमा समेत नेपालको  प्रतिनिधित्व गर्दै खेलिसकेका छन् । बगंलादेशमा उनले गोल्ड मेडल जितेर  नेपाली पारा टेबल टेनिसलाई विश्व बरियतामा पुर्याउन सफल भएका थिए ।

प्रशिक्षक बसन्त भारती पारा टेबल टेनिसका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक हुन । राष्ट्रको प्रतिनिधित्व गरेर छनोट खेल खेल्न जान लागेको खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले कुनै सहयोग नगरेको प्रशिक्षक बसन्त भारतीले गुनासो गरेका छन् ।

थापाले भनेका छन्, ‘उक्त खेलमा सहभागी हुन आयोजकको नियम अनुसार प्रवेश शुल्क र आवास शुल्क बापत हामीले प्रतिव्यक्ति ९६० युरो दिनुपर्ने हुन्छ ।  हामी दुवैले जनही लगभग एक–एक लाख रुपैयाँ व्यक्तिगत रुपमा बुझाउनुपर्ने छ ।  विकास शिल्डले हवाई टिकट तथा खेल सामाग्रीमा प्रायोजन नगरेको भए प्रतियोगितामा नेपालले सहभागिता जनाउने अवस्था थिएन । राष्ट्रिय खेलकुद परिषदमा पाराओलम्पिक छनोट जस्तो खेलमा सहभागि हुनको लागि निवेदन दिँदा कुनै सुनुवाई भएन ।’

उक्त खेलमा विश्वका ५० देशका खेलाडीहरुले सहभागिता जनाउँदै छन भने थापाले खेल्ने ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन ।

उक्त प्रतिस्पर्धाको विजेता खेलाडी आगामी अगष्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पाराओलम्पिकमा सिधै छनोट हुने छन ।

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected