१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो

७ जेठ , काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ ।

खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ । जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरुको टोली खटिएको छ ।

हेलिकप्टरमा सवारहरुको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन । ‘टर्कीबाट खटाइएको ड्रोनले जलेको  ठाउँको पहिचान र्गयो र त्यसको जानकारी इरानी अधिकारीसमक्ष समन्वय गरेको छ,’  अनादोलुले उल्लेख गरेको छ ।

आइतबार खराब मौषमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण