१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

आर्सनललाई धक्का, इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर लिगको १३६ वर्षको इतिहासमा सिटीले लगातार चौथो सिजन उपाधि जित्दै नयाँ कीर्तिमान पनि बनाएको छ ।

यो सिजनको अन्तिम खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीले समग्रमा आठौं पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

सिटी ९१ अंकका साथ पहिलो र आर्सनल ८९ अंकसहित दोस्रो स्थानमा छ । सिटीले उपाधि रक्षा गर्ने जित दिलाउँदमा फिल फोडेन दुई तथा रोड्रीले एक गोल गरेका थिए । वेस्टह्यामका मोहमद कुडुसले एक गोल फर्काए ।

सिटीले घरेलु इथिहाड स्टेडियममा दोस्रो मिनेटमै अग्रता लिएको थियो । सिटीका लागि बर्नान्डो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै अग्रता दिलाएका हुन् । १८ औं मिनेटमा फोडेनले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले जेर्मी डोकुको पासमा गोल गरेका थिए ।

४२ औं मिनेटमा मोहमद कुडुसले गोल गरेपछि वेस्टह्यामले अग्रता २–१मा झारेको थियो । तर, ५९ औं मिनेटमा सिल्भाको पासमा रोड्रीले गोल गरेपछि सिटी ३–१ ले अघि बढेको थियो । ८९ औं मिनेटमा थोमस सुसेकले वेस्टह्यामका लागि गरेको गोल भीएआरले मान्यता नदिँदा वेस्टह्यामलाई खेलमा फर्किन कठिन भयो । त्यसपछि ३–१ को नतिजाका साथ सिटीले स्पष्ट ३ अंक लिएपछि उपाधि पनि जित्न सफल भयो ।

आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । आर्सनललाई उपाधि जित्नका लागि सिटी पराजित वा बराबरीले मात्रै सम्भव थियो । तर सिटीले स्पष्ट जित निकालेपछि आर्सनलको २१ वर्षपछि उपाधि जित्ने सपनामा धक्का पुग्यो । गत सिजन पनि आर्सनल दोस्रो स्थानमा रहेको थियो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected