२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाज

खैरो हेराइनसहित नागढुंगाबाट एक युवक पक्राउ

६ जेठ, काठमाडौं । खैरो हेरोइनसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–१२ का ३२ वर्षीय सचिन राना छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४०५६ नम्बरको यात्रुबाहक बसबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

पाइन्टको खल्तीभित्र प्लाटिकले बेरेर उनले ४८ ग्राम खैरो हेराइन ल्याएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागु औषध मुद्दाको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व