१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

वन रन अन्तर्रांष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्रा पहिलो

६ जेठ, ललितपुर । पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ आइतबार राजन रोकाया पहिलो भएका छन् । महिलातर्फ भने सुमित्रा चौधरी पहिलो भइन् । दुवै विजेताले समान ५० हजार रुपैंया प्राप्त गरे ।

राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घण्टा १७ मिनेट २४ सेकेन्डमा दोस्रो तथा धर्म महर्जन १ घण्टा १९ मिनेट ५८ सेकेन्डमा तेस्रो भए ।

महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । उनी पछि पुष्पा भण्डारीले १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् । मञ्जु सुनार दुई घण्टा ३ मिनेट ८ सेकेन्डको समयमा तेस्रो भइन् । पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए ।

यस्तै सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भए । महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो, आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो भए ।

यस्तै पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डमा पहिलो, मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डमा दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा तेस्रो स्थानमा रहे ।

महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो भइन् । उनीपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९.८७ सेकेन्डमा पूर्णिमा श्रेष्ठ तेस्रो भए ।

ब्वाइज एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहे । गर्ल्सतर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे । दौड हिरो लिगको आयोजनामा भएको हो र यसलाई एनआरएस स्पोर्टस पाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो ।

पाटन दरवार स्क्वारमा आयोजित दौडमा हजार भन्दा बढी धावक धाविकाको सहभागिता थियो । त्यसमा १५ देशका धावक धाविक सहभागी थिए । कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान भएर त्यहीं टुंगेको थियो । ललितपुर उप–महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौडका शुभारम्भ गरेका थिए ।

कार्यक्रमको अन्त्यमा मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रकाश साय्मिले विजयी खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरे । दौड राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र ललितपुर उप–महानगरपालिकाको सहयोगमा भएको हो । दौड प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रम रहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected