१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित

६ जेठ , काठमाडौं । विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ । विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम त्यहाँको विन्डवर्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको हो ।

सुरुका दुई खेल भने नेपालले जितेको थियो । भोलक्यानोजले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव २ ओभरमा सबैै विकेट गुमाएर १३८ रनमात्रै बनाउन सक्यो ।

नेपालका कप्तान रोहित पौडेलले ३६ बलमा ५३ रनको अर्धशतकीय पारि खेल्दा आसिफ शेखले ११ बलमा २४ रन बनाए । यस खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहोरा र ललितनारायण राजवंशीलाई विश्राम दिइएको थियो ।

नेपालविल्द्ध टस जितेर पहिले ब्याटिङ गरेको भोलक्योजले २० ओभरमा २ सय ५ रन बनाएको थियो । उसका लागि डीलोन डगलासले ३२ बलमा ५६ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले चार तथा सोमपाल कामीले तीन विकेट लिए ।

वेस्टइन्डिजको अभ्यासपछि आज नेपाली टिम अमेरिका प्रस्थान गर्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected