२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा विघटनको पक्षमा रहेको आरोप लगाएका छन् ।

शुक्रबार नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिले आफूले विघटन गरेको संसद त्यतिखेर सही भन्ने लाइनमा फेरि जान चाहनुहुन्छ’ शाहीले भने

संसद चल्न नदिएर प्रतिनिधि सभालाई विघटनतर्फ लैजान एमाले अध्यक्ष ओली उद्धत रहेको उनको आरोप छ ।

‘उहाँ (केपी ओली) लाई स्पष्ट थाहा छ । संसद अवरुद्ध भएर बजेट आएन भने संसद विघटन हुन्छ भन्ने उहाँलाई प्रष्ट थाहा छ । त्यसैको भूमिका खेल्नुभएको हो’ शाहीले भने ।

प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ ।

संसद खुलाउन स्वयम गृहमन्त्री लचिलो रहेको तर, एमाले अध्यक्ष ओली लचिलो नभएको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।