२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

४ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ प्रदर्शन गरेको छ ।

प्रदर्शन गर्ने नेविसंघका ११ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।