२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

४ जेठ, काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ ।

दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ । निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच आज बेग्लैबेग्लै छलफल भएको छ भने सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे निर्धारण गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।