२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

माओवादी सांसद सापकोटा भन्छन् : कांग्रेसले माफी माग्नुपर्छ

३ जेठ, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा बिहीबार भएको गतिविधिका लागि कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरु उनलाई रोक्न गएका थिए ।

त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएको थियो । दुबै दलका सांसदहरुबीच धकेलाधकेल भयो । बैठकपछि माओवादी सांसद सापकोटाले कांग्रेसका उपसभापति धनराज गुरुङले उपसभामुखलाई उठाएर उहाँको आसनमा गएर उभिनु असंसदीय भएको बताए ।

‘मर्यादालाई भुलेर जे गर्नुभयो, त्यो राम्रो भएन’, उनले भने, ‘कांग्रेसका सिनियर नेताहरुबाट जे क्रियाकलाप भयो, यसमा क्षमा मागेर आइन्दा संसदलाई शोभनीय बनाउँछौं भनेर कमिटमेन्ट गर्नुपर्छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।