३ फाल्गुन २०८२, आईतवार
मनोरन्जन मुख्‍य समाचार

‘पूर्णबहादुरको सारङ्गी’मा भित्रिए तीन कलाकार

३ जेठ , काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गीमा अभिनेतात्रय विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल भित्रिएका छन् । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा यसअघि गायक तथा अभिनेता प्रकाश सपुत र अर्का अभिनेता मुकुन भुषाल अनुबन्धित भइसकेका छन् ।

निर्माण पक्षले तीन कलाकारको भूमिकाबारे केही खुलाएको छैन । निर्माता विनोद पौडेलले सोसल ड्रामामा आधारित फिल्ममा गहन विषय उठान गरिने बताए ।

सरोज पौडेलको लेखन र निर्देशन रहने फिल्म जेठको दोस्रो साताबाट छायाङ्कनमा जाँदैछ । २०८२ मा रिलिज हुने फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । महशे दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको संगीत रहने फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता छन् ।

 

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,