२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

राखी सावन्तको गर्भाशयमा ट्युमर

३ जेठ , मुम्बई । बलिउडकी ‘ड्रामा क्वीन’ अर्थात अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तलाई गर्भाशयमा ट्युमर भएको छ । उनी अहिले मुम्बईस्थित एक अस्पतालमा उपचाररत छिन् ।

राखीका पूर्व पति रितेश सिंहका अनुसार राखीलाई गम्भीर हृदयको समस्या भनिए पनि उनको गर्भाशयमा ट्युमर देखिएको छ । राखीलाई गत मे १४ मा अस्पताल भर्ना गरिएको थियो । अस्पतालको शैय्यामा सुतिरहेकी राखीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रितेशले पेट र छातीमा दुखाई भएपछि राखीलाई अस्पताल भर्ना गरिएको बताए । ‘उनको कैयौं टेस्ट भए र त्यसको नतिजाको प्रतिक्षा गरिरहेका छौं । डाक्टरले सर्जरीको सुझाव दिएका छन् । तर उनलाई क्यान्सर भएको हो वा होइन भन्ने डाक्टरले अनुसन्धान गरिरहेका छन्’, रितेशले भनेका छन् ।

रितेशले राखीले बनाएको अनौठो छविका कारण पनि मानिसहरु उसको कुरा पत्याउन छोडेको बताए । ‘तर यो मजाकको विषय होइन । मानिसले उनलाई ड्रामा क्वीन भने पनि अहिले उनी गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छिन्’, उनले भनेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि