२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको हो : देउवा

३ जैठ , काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन् । उनले एमालेकै पालामा सो जग्गा बिक्री भएको भन्दै ओलीलाई आफ्नो पालामा गरेको निर्णयलाई हो भन्न किन नसकेको भनि उल्टो प्रश्न गरे ।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले केपी ओलीजस्तो नेताले गलत कुराभन्न नसुहाउने बताए ।
अदालतले फैसला गरेपछि गिरीबन्धु टी–स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति? भन्दै प्रश्न गरे ।

‘नेपालको राजनीतिमा ओलीजीले अदालतको निर्णयपछि दिएको अभिव्यक्तिबारे चर्चा भइरहेको छ ।गिरीबन्धुटी—स्टेटको आफूनिर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । यस्तो कुरा उहाँजस्तो नेताले भन्नु सुहाउँदैन । आफूले जग्गा बिक्री गरेको भन्न के आपत्ति उहाँलाई ?’ देउवाले थपे, ‘अदालतले उहाँलाई भनेको हो ।

उहाँ के भन्नुहुन्छ भने निर्णयकांग्रेसको पालामा भएको छ ।हाम्रो पालमा निर्णय भएकै छैन ।’ देउवाले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताउँदै कांग्रेसको पालामा निर्णय नभएको स्पष्ट पारे । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा कांग्रेसले गिरीबन्धु टी—स्टेटको जमिन कमिसनमा बेच्न दिएको बताएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि