Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ढुङगा प्रहारबाट कञ्चनपुरमा १ जनाको मृत्यु

News and Updates
1 वर्ष अघि

३ जेठ , काठमाडौ ।  ढुङगा प्रहारबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–६ बिद्यानगर बस्ने ६४ वर्षीय लक्षि चन्दलाई सोही ठाउँ स्थित बाटोमा हिडीरहेको अवस्थामा अपरिचित ब्यक्तिले ढुङगा प्रहार गरेका थिए। ढुङगा प्रहारबाट गम्भिर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा चन्दको बुधवार मृत्यु भएको हो।

ढुङगा प्रहार गर्ने ३५ वर्षीय महेश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही नगरपालिकाको दुङ्लीबाट पक्राउ गरेको जनाएको छ। भण्डारीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया