१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

एमाले संसदीय दलको बैठक बस्दै, संसद अवरोध खुलाउनेबारे छलफल हुने

२ जेठ, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ ।

सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका विषयमा छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गरेका थिए । उक्त कार्यक्रममाथि हुने छलफलमा के कस्ता विषय राख्ने भनेर एमालेले संसदीय दलको बैठकमा छलफल गर्न लागेको हो ।

साथै, संघीय संसदमा जारी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबारे समेत छलफल हुनेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

यही माग राखेर कांग्रेसले मंगलबार संघीय संसदको दुवै सदनको बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत टेबुल गर्न नदिएको टिप्पणी सत्तापक्षले लगाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।