१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

लखनऊमाथि दिल्लीलाई १९ रनको जित

२ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्टसलाई १९ रनले पराजित गरेको छ ।

जितसँगै तालिकामा १४ अंक बनाए पनि प्लेअफमा पुग्ने आशा एकदमै न्यून रहेको छ । अहिले दिल्ली तालिकाको पाँचौं स्थानमा छ । अन्य टिमको नतिजाका आधारमा दिल्लीको प्लेअफ यात्रा टुंगोमा पुग्ने छ ।

दल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । जवाफमा लखनऊले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८९ रन बनायो ।

टस हारेर ब्याटिङ गरेको दिल्लीको टोलीलाई २०८ रनसम्म पु¥याउन अभिषेक पोरेल र ट्रिस्टन स्टब्सले महत्वपूर्ण योगदान दिएका थिए । अभिषेक पोरेल पनि ३३ बलमा ५८ रन बनाएर पभेलियन फर्किए । पोरेलले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे ।

इनिङ्सको अन्त्यमा स्टब्सले २५ बलमा ३ चौका र ४ छक्का सहित ५७ रनको उत्कृष्ट इनिङ खेले । यी दुई ब्याट्सम्यान बाहेक शाई होपले ३८ रन र कप्तान ऋषभ पन्तले ३३ रनको योगदान दिए भने ज्याक फ्रेजर म्याकगुर्कले खाता नखोल्दै आउट भए । लखनउका लागि नवीन उल हक महँगो साबित भए पनि उनले अधिकतम २ विकेट लिए ।

२०९ रनको कठिन लक्ष्य पछ्याउने क्रममा लखनउको सुरुवात निकै खराब रह्यो । कप्तान केएल राहुल ५ रन, मार्कस स्टोइनिस ५ रन, क्विन्टन डी कक १२ र दीपक हुडा खाता नखोली नै पभेलियन फर्किए । लखनऊले ४४ रनको स्कोरमा ४ विकेट गुमाएपनि अर्को छेउमा निकोलस पुरनले तुफानी  ब्याटिङ जारी राखे ।

पुरानले २७ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको उत्कृष्ट इनिङ खेले । मध्यक्रममा आयुष बडोनीले ६ रन जोड्दा क्रुणाल पाण्ड्याले १८ रन बनाए पनि अन्तिममा अरशद खानले ५८ र युधवीर सिंह चरकले १४ रन बनाएका थिए । तर, दुवै ब्याट्सम्यानले टिमलाई जितभने दिलाउन सकेनन् ।

दिल्ली क्यापिटल्सले आईपीएल २०२४ को सिजन जितसँगै समाप्त ग¥यो र दिल्लीले आधिकारिक रूपमा प्रतियोगितामा आफूलाई कायम राखेको छ तर नेट रन रेटका आधारमा टोली लगभग आउट भइसकेको छ ।

आरसीबी र चेन्नईबीचको खेल प्लेअफको दृष्टिकोणले महत्वपूर्ण बनेको छ । तर, यदि सनराइजर्स हैदरावादले आफ्ना दुवै खेल ठूलो अन्तरले हारे र लखनउले पनि अन्तिम खेलमा मुम्बईसँग हारे भने दिल्लीले प्लेअफमा स्थान बनाउन सक्छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected