२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि

२ जेठ , काठमाडौं । महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमाथि छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गरेका छन् । ती प्रतिवेदनहरूमाथि केन्द्रीय कमिटीमा १२ वटा समूह विभाजन गरी छलफल चलिरहेको छ ।

बुधबार ती समूहका नेताहले छलफलको निष्कर्षबारे बैठकमा प्रस्तुत गर्नेछन् भने त्यसपछि निर्णय पारित गर्दै केन्द्रीय कमिटीको बैठक समापन हुने सो पार्टीले जनाएको छ ।

एकीकृत समाजवादीले आगामी असर १० देखि १६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति तोकेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।