२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

सगरमाथा आरोहणका क्रममा २ मङ्गोलियन नागरिक सम्पर्कविहीन

१ जेठ, काठमाडौँ । सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागको आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई जनाएको छ ।

मौसम अनुकूलताकैबीच वैशाख ३१ गते बिहान ८ : ४५ बजे दुवै आरोही सगरमाथाको चौँथो शिविरबाट चुचुरोतर्फ लागेको जनाइएको छ । आरोहण व्यवस्थापन गर्ने एजेन्सीसँगको सहकार्यमा सम्पर्कविहीन दुवै आरोहीको हराएका सम्भावित माथिल्ला शिविर मा खोजी जारी रहेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्रका सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमबाट जानकारी प्राप्त भएको विभागले उल्लेख गरेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व