२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

पूर्व सांसद रेग्मीको निधन

१ जेठ, स्याङ्जा । पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।

रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बनेका थिए। उनी लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहेका थिए । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए। काठमाडौँमा क्यान्सरको उपचार गराइरहेका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उनलाई भीरकोट ल्याइएको थियो ।

नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व