२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

संसद भवनमा राष्ट्रपति सावरी रिहर्सल

१ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद भवनलाई सिंगारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन बजे बस्ने संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति आउनुअघि उनको सवारीको रिहर्सलसमेत गरिएको छ । रिहर्सलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दहाल, संसद सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीहरु सहभागी थिए ।

संसद भवन भित्र र बाहिर सुरक्षा व्यस्था चुस्त बनाइएको छ । सुरक्षाकर्मीहरुसँगै तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।

संघीय संसद भवनलाई राष्ट्रिय झण्डा, तोरन र फूलले सजाइएको छ । पानीको फोहोरा फ्यांक्ने फाउन्टेन पनि चलाइएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।