१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

१ जेठ , काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टिमले तीन तीन गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका हुन् ।

एस्टनको मैदानमा पाहुना टोली लिभरपुलले उपहार गोलमार्फत अग्रता लिएको थियो । एस्टनका डामिना मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुमै अग्रता लियो ।

१२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टनलाई बराबरीमा ल्याए । २३ औं मिनेटमा कोडी म्याथेसले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढ्यो ।

पहिलो हाफमा २–१ ले अघि रहेको लिभरपुलले दोस्रो हाफको सुरुमै (४८औं मिनेट) जेरेल अमोरिन क्वान्साहले हार्भे इलियटको पासमा गोल गरेपछि ३–१ ले अघि रहेको थियो । तर, निर्धारित समय सकिन अन्तिम ५ मिनेट बाँकी रहेका बेला लिभरपुलले लय गुमाएको थियो ।

८५ औं मिनेटमा जोन डुरनले कलुम च्याम्बर्सको पासमा गोल गर्दै एस्टनलाई खेलमा फर्काउने संकेत गरेका थिए । उनैले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३–३ को बराबरीमा ल्याउन सफल भए ।

बराबरीसँगै एस्टन भिल्ला ३७ खेलबाट ६८ अंकका साथ तालिकाको चौथो स्थानमा रहँदा समान खेलबाट ७९ अंक जोडेको लिभरपुल भने तेस्रो स्थानमा

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected