२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

संसद खुलाउन छिट्टै निष्कर्षमा पुग्ने ओलीको आश्वासन

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद खुलाउने विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् ।

सभामुख देवराज घिमिरेले सोमबार अपरान्ह ओलीसँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा सभामुख घिमिरेले संसद अवरोध अन्त्य गर्न र नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसद सौहार्दपूर्ण हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।

जवाफमा अध्यक्ष ओलीले संसद खुलाउने विषयमा छिटै निष्कर्षमा पुग्ने जवाफ दिएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग राखेर संसद अवरोध गर्दै आएको छ ।

समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने कांग्रेसको चेतावनी छ । सरकार र सत्ता गठबन्धन भने छानबिन समिति गठन गर्न तयार भएको छैन ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न मंगलबार दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठक बोलाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने कांग्रेसको चेतावनीपछि सभामुख घिमिरेले शीर्ष नेताहरुसँग संवाद गरेका छन् ।

सभामुख घिमिरेले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरेका थिए ।

सभामुख देवराज घिमिरेले सोमबार दिउँसो प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।

सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेका थिए ।

राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न सभामुखले शीर्ष नेताहरुलाई अपिल गरेका हुन् ।

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने माग राखेका छन् । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने बताए ।

सभामुखले सोमबार नै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग समेत छलफल गरे ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।