२३ फाल्गुन २०८२, शनिबार
राजनीति

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल सुरु भएको छ ।

शीर्ष तहका तीन नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल जारी छ । चितवनबाट फर्किए लगत्तै सत्ता गठबन्धनका तीन दलबीच छलफल सुरु भएको हो । तीन दलको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग संवाद गर्ने बताइएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड छानबिन समितिप्रति सकारात्मक रहेपनि सत्ताको प्रमुख दल एमाले समिति बनाउन नहुने पक्षमा छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।