२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

मंगलबारबाट सदन नियमित संचालन हुन्छ प्रधानमन्त्री

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भई भोलि(मंगलबार)बाट सदन नियमित संचालन हुने बताएका छन् ।

पूर्वी चितवनमा सोमबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए ।
‘सदनको गतिरोध अन्त्य भइसकेको छैन,आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ । दलहरूबिच सघन छलफल हुन्छ,’ दाहालले भने ।

जसपा नेपाल सरकारबाट बाहिरिएसँगै सरकारको समीकरण फेरबदल हुने टीकाटिप्पणीप्रति सङ्केत गर्दै दाहालले भने, ‘सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।’
नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकाक्षालाई बजेटमा सम्बोधन गरिने भनाई दाहालले आजै दोहोर्याएका छन् ।

‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ,’ उनले थप भने, ‘कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।’

सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।