२३ फाल्गुन २०८२, शनिबार
राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

३१ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा सवोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो ।

विहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु गर्न सभामुखले कांग्रेसलाई दुई घण्टा पर्खिएका थिए । नेपाली कांग्रेस दलको बैठक नसकिएपछि १ बजे सभामुखले बैठक सुरु गरे । बैठक सुरु भएपछि मात्रै कांग्रेसले बैठकमा अनुपस्थित हुने जानकारी दिएको थियो । बैठकमा प्रतिपक्षी बेन्चमा राप्रपा मात्रै छ ।

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले सवोच्च अदालतमा विचराधीन रहेको मुद्दाको फैसलालाई सबैले मान्ने बताए । उनले एमाले संविधान मान्ने पार्टी रहेको बताउदै जनताको विश्वास टुट्न नदिने बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।