२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

जसपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

३१ वैशाख, काठमाडौं । सरकार छाड्ने तयारीमा रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक बस्दैछ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनकाे तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि बैठकमा छलफल हुने छ । जसपा नेपालका अध्यक्ष यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्।

जसपा नेपाल गत आइतबार विभाजित भएको थियो । पार्टीका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदसहित नयाँ पार्टी जनता समाजवादी पार्टी गठन गरेका थिए ।

मधेश प्रदेशमा सत्तारुढ सहयात्री दल नेकपा माओवादी र एमालेले समर्थन फिर्ता लिएसँगै संघीय सरकारमा पनि जसपा नेपालले सरकार छाड्ने निधोमा पुगेको हो ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।