८ पुष २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

३० वैशाख, काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय २५ निर्धारण भएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने